२०८१ मङ्सिर २३ गते आइतवार

मंसिर ४ को निर्वाचनमा दाङबाट चार लाख बढीले मताधिकार प्रयोग पाउने



दाङ, ३ कार्तिक ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दाङबाट चार लाख बढीले मताधिकार प्रयोग गर्न पाउने भएका छन् ।

प्रत्यक्षतर्फ प्रतिनिधि सभाको तीन र प्रदेश सभाको ६ निर्वाचन क्षेत्रबाट ४ लाख १४ हजार ९५६ जना मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् ।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा ४ लाख ९ हजार ९ सय मतदाता रहेकोमा आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा निवार्चनमा ५ हजार ५६ मतदाता थप भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गहेन्द्र कुँवरले जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लामा आगामी मंसिर चारमा हुने आम निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या बढी रहेको छ ।

पुरुष मतदाताको तुलनामा महिला मतदाता ७ हजार १ सय ३८ बढी रहेका छन् । जिल्लामा आगामी मंसिर ४ मा १८ वर्ष पुरा हुने २ लाख ३ हजार ९ सय ८ जना पुरुष मतदाता रहेका छन् भने २ लाख ११ हजार ४६ जना महिला मतदाताले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन् ।

दाङमा आगामी निर्वाचनमा दुई जना अन्य मतदाताले भोट हाल्न पाउने प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार दाङ क्षेत्र नम्बर १ र ३ बाट १÷१ जना अन्य मतदातालाई आगामी निर्वाचनमा भोट हाल्न पाउने अधिकार प्राप्त भएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार