२०८० फाल्गुन १७ गते बिहिवार

सार्वजनिक बिदामा दिन पनि खर्च विवरण बुझाउन सकिने



दाङ, ५ कार्तिक ।
निर्वाचन आयोगले सार्वजनिक बिदामा दिन पनि पालिका चुनावका उम्मेदवारले खर्च विवरण बुझाउन सक्ने जनाएको छ ।

आयोगका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार यसअघि समय अवधिभित्र चुनावी खर्च विवरण नबुझाउनेले आज बिदाको दिन पनि बुझाउन सक्नेछन् ।

आज सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिबाना बुझाउने व्यवस्था मिलाइएको र रकम नबुझाउने उम्मेदवारहरुको नाम समानुपातिकको बन्दसूचीबाट हटाउने निणर्य भएको आयोगले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार