२०८१ चैत्र ४ गते सोमवार

घोराहीका तीन फर्निचर उद्योगमा लक्ष्मी पुजाकै दिन राती आगलागी



दाङ, ८ कार्तिक ।
लक्ष्मी पुजाकै दिनमा दाङमा गएराती तीन फर्निचर उद्योगमा आगलागी भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ सहिद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा सोमबार राति आगलागी भएको हो ।

आगलागीबाट तीन वटै फर्निचर उद्योगमा पूर्ण रूपमा क्षति पुगेको छ ।

मध्यराति लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

आगलागीबाट करिब २ करोडको क्षति पुगेको अनुमान गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।

 

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार