२०८१ बैशाख ११ गते मङ्गलवार

बम विस्फोट हुँदा २ बालिकाको मृत्यु



कालिकोट, १२ कात्तिक ।
कालीकोटमा बम विष्फोटमा परी दुई जनाको मृत्यु भएको छ । तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको हो ।

स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयो ।

बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । यस्तै बम विष्फोटमा परी थप ३ जना गम्भिर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार