२०८१ भाद्र २२ गते आइतवार

टरिगाउँ विमानस्थलमा अझै संचालमा आएन, इन्धन डिपो



दाङ, १६ कार्तिक । टरिगाउँ विमानस्थलमा इन्धन डिपो अझै पनि संचालनमा आउन सकेको छैन् । जहाजको आवागमनलाई सहज बनाउन विमानस्थलमा इन्धन डिपोको संरचना निर्माणको काम पुरा भएपनि संचालनमा आउन नसकेको हो ।

गत वर्षको साउनदेखि निर्माण शुरु गरिएको संरचना चालुवर्षको साउनको पहिलो सातामै इन्धन डिपोको लागि आवश्यक संरचना तयार भएपनि कार्तिक महिना शुरु हुँदा पनि संचालन हुन नसकेको हो ।

टरिगाउँ विमानस्थलमा इन्धन डिपो संचालनमा नआउँदा जहाजले इन्धन आफै ढुवानी गर्नुपर्ने अवस्था छ । इन्धन डिपोका लागि आवश्यक पुर्वाधार निर्माण भएपनि अझै संचालनमा ल्याउन नसकिएको नेपाल आयल निगम तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले जानकारी दिनुभयो ।

डिपोको लागि आवश्यक संरचना निर्माण कार्य पुरा भइसकेको उहाँले बताउनुभयो । निगमले यसअघि साउनको अन्तिमतिर इन्धन डिपोबाट इन्धन रिफिलिङ गर्न सकिने बताएपनि अहिलेसम्म संचालन आउन नसकेको हो ।

ट्यांकीमा इन्धन भण्डारण गर्न परिक्षणका लागि नेपाल आयल निगमले इन्डीयन आयल निगममा पठाएको थियो । ल्याब परिक्षणको रिर्पोट समेत आइसकेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

डिपो संचालनका लागि आवश्यक सबै संरचना तयार भएपनि बिचमा चाडपर्व परेको र अहिले निर्वाचन आचारसंहिताका कारण संचालनमा ढिलाई भएको उहाँले बताउनुभयो ।

डिपोमा इन्धन भण्डरणका लागि टं्याक ३० हजार लिटर क्षमताको छ भने जहाजमा तेल रिफिल गर्नका लागि करिब १० हजार लिटर क्षमताको ट्यांकर पनि छ । ट्यांक र रिफिलर ट्यांकर गरेर करिब ४० हजार लिटर इन्धन स्टक राख्न सकिने निगमले जनाएको छ ।

इन्धन डिपो नहुँदा टरिगाउँ विमानस्थलमा उडान भर्ने जहाजले दुईतिर उडानका लागि इन्धन ढुवानी गर्ने गरेका छन् । दुईतर्फ उडानका लागि इन्धन बोकेर ल्याउनु पर्दा जहाँजले सिट क्षमता अनुसारको पुरै यात्रु बोक्न पाउँदैनन् र हवाई भाडासमेत महंगो पर्ने गरेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार