२०८१ भाद्र २२ गते आइतवार

लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र



दाङ, १८ कार्तिक ।
छत्रेस्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा सञ्चालित लान्ती/भोटेचौर लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको छ । क्रमागत रुपमा सञ्चालित योजनाको निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि अलपत्र परेको हो ।

संघीय विशेष अनुदान अन्तर्गत संघले छत्रेस्वरी गाउँपालिका ६ लान्ती/भोटेचौर लिफ्ट खानेपानी योजनाको लागि दुई करोड बजेट विनियोजन गरेको थियो । पालिकाले गरेको टेन्डर अनुसार मस्टा जेभी काठमाडौंले ०७७ फागुनमा लिफ्ट खानेपानीको लागि १ करोड २२ लाखमा सम्झौता गरेको थियो ।

योजना अलपत्र पर्दा भोटेचौर र लान्तीका झन्डै ३ सय परिवार प्रभावित भएका छन् । योजना अलपत्र परेपछि स्थानीय अहिले पुराना मुहानबाट लामो समय हिँडेर पानी ल्याई खान बाध्य हुँदै आएका छन् । खानेपानीको लागि उनीहरुले विभिन्न किसिमका समस्या भोग्नु परेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १८ गते शुक्रवार