२०८१ मङ्सिर २४ गते सोमवार

मत बदर प्रतिशत घट्न सकेन



दाङ, २२ कातिक ।
मतदान गर्ने तरिकाबारे मतदातालाई पर्याप्त जानकारी नहुँदा औसतमा ५ प्रतिशतको हाराहारीमा मत बदर भइरहेको पाइएको छ । नेपालमा २०४८ साल यता ६ पटक संसदीय निर्वाचन सम्पन्न भएका छन् ।

निर्वाचनमा कतिपय नागरिकले मतदान गर्न पाउँदैनन् भने कतिपय नागरिकले गरेको मतदान सदर हुँदैन । २०४८ सालमा भएको आम निर्वाचनमा ४ प्रतिशतभन्दा बढी, आम निर्वाचन २०५१ मा ३ प्रतिशतभन्दा बढी र २०५६ को आम निर्वाचनमा करिब ३ प्रतिशत मत बदर भएको थियो ।

आयोगका अनुसार २०६४ को पहिलो संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ ५ प्रतिशत, समानुपातिक तर्फ झण्डै ४ प्रतिशत मत बदर भएको छ । २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ करिब ४ प्रतिशत र समानुपातिक तर्फ ३ प्रतिशतभन्दा बढी मत बदर भएको थियो ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ प्रतिशत र समानुपातिकतर्फ झण्डै १० प्रतिशत तथा प्रदेशसभाको प्रत्यक्षतर्फ ४ प्रतिशतभन्दा बढी र समानुपातिकतर्फ झण्डै १६ प्रतिशत मत बदर भएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार