२०८१ मङ्सिर २३ गते आइतवार

उम्मेदवारको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनलाई कार्बाही गरिने



दाङ, २८ कार्तिक ।
निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्न चेतावनी दिएको छ । आयोगले स्थानीय प्रशासन चुनावमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने जनाएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरुसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाइएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताउनु भएको हो ।

उहाँले कुनै पनि स्थानीय प्रशासनहरु उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यमहरुलाई आग्रह गर्नुभयो । उहाँले चुनावलाई असर पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न नपाइने पनि बताउनु भयो ।

पालिकामा कार्यरत कर्मचारीहरु कामको सिलसिलामा राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले चुनावको समयमा पक्ष/विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने बताउनुभयो ।

आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले पालिकामा कार्यरत कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढङ्गले निगरानी राखेको पनि बताउनुभयो ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार