२०८१ बैशाख ११ गते मङ्गलवार

मादक पदार्थ बिक्री वितरणमा रोक



दाङ, २८ कार्तिक ।
निर्वाचन आयोगले आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचन प्रचारप्रसारको मौन अवधिसँगै मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन निर्देशन दिने निणर्य गरेको हो ।

मौन अवधिदेखि मतगणना सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाउने सोही समितिको बैठकले निणर्य गरेको हो । यदि अटेर गरेमा जफत र जरिवाना गर्न समेत गृह मन्त्रालयमार्फत आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार