दाङ, ४ मंसिर ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा दाङमा ६० दशमलव २७ प्रतिशतमात्रै मत खसेको छ । तीन प्रतिनिधि र छ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दाङमा डेढ लाख बढीले आफ्नो मताधिकार प्रयोग नगरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
अस्थायी मतदातासहित ४ लाख १५ हजार ६९८ जना मतदाता रहेको दाङमा १ लाख ६५ हजार १५५ जनाले आफ्नो मताधिकार प्रयोग गर्न नगएको निर्वाचन कार्यालयले जनाएको छ ।
१५३ वटै मतदान स्थलमा शान्तिपूणर्रुपमा भएको निर्वाचनमा २ लाख ५० हजार ५४३ मत मात्रै खसेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नम्बर १ मा ८० हजार ७ सय, क्षेत्र नम्बरबाट २ मा ७९ हजार ७४०, क्षेत्र नम्बर ३ बाट ९० हजार १५० र दुई अस्थायी मतदानस्थलबाट २४७ मत खसेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार