२०८१ बैशाख ५ गते बुधवार

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेस सबैभन्दा अघि



दाङ, ११ मंसिर ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ ।
निर्वाचन आयोगका अनुसार कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आज बिहानसम्म १ सय ५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ ।

हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ५२ ठाउँमा जित हासिल गरेको छ भने ४ ठाउँमा अगाडी रहेको छ ।

प्रदेशसभातर्फ ९३ स्थानमा निर्वाचित हुँदा १८ ठाउँमा अग्र स्थानमा रहेको छ । यस्तै एमालेले ४० ठाउँमा जित निकालेको छ भने १ ठाउँमा अग्रता लिएको छ । प्रदेश सभातर्फ ८१ ठाउँमा बिजयी बनेको छ भने २१ स्थानमा अग्रता ल्याएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्र १७ जित निक्लदै १ ठाउँमा अग्रता लिएको छ ।

प्रदेश सभातर्फ ४९ ठाउँमा जितेको छ भने ५ स्थानमा अग्रता राखेको छ । यसैगरी एकीकृत समाजवादीले १० ठाउँमा जित निकालेको छ । प्रदेश सभातर्फ १० ठाउँमा जित हासिल गरेको छ भने ५ ठाउँ अग्र स्थानमा रहेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ जित निकाल्दै १ ठाउँमा अग्रता लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७ मा जितकोे छ । यस्तै जनता सामाजवादी पाटी ६ जितेको छ ।।

प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार