
दाङ, १४ मंसिर ।
राप्ती र बबई नदी गएको बर्षातले १३ किलोमिटर बढी तटबन्धनमा क्षति गरेको छ । जनताको तटबन्ध लमही कार्यालयका अनुसार बबई नदी र राप्ती नदीको बाढीले १३ दशमलव ७ किलोमिटरमा क्षति बनाएको हो ।
कार्यालयका सिनियर डिभिजनल इन्जिनियर रमानन्द दासले दुईवटै ठूला नदीले कटान गरेको स्थानमा तटबन्धन नगरे अर्को बर्ष ठूलो क्षति हुनसक्ने बताउनुभयो । गएको बर्षातले तटबन्धमा गरेको क्षतिको विवरण अनुसार १३ किलोमिटरभन्दा बढी क्षति पुगेको छ ।
क्षति भएको क्षेत्रको विवरण विभाग मार्फत उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पठाई सकेको समेत उहाँले बताउनुभयो । अहिले तटबन्धकालागि उल्लेख्य बजेट नभएकाले मन्त्रालयमा माग गरिएको उहाँको भनाई छ । त्यो क्षेत्रमा तटबन्धन गर्न करिब १ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यस्तै सहायक नदीहरुमा पनि बिभिन्न स्थानमा क्षति भएको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार