२०८१ मङ्सिर २४ गते सोमवार

तुलसीपुरमा आज देखि महोत्सव शुरु हुने



तुलसीपुर, १५ मंसिर ।
दाङको तुलसीपुरमा आजदेखि प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा व्यापारिक एवं पर्यटन महोत्सव शुरु हुने भएको छ ।

आजदेखि संचालन हुने महोत्सवको सम्पूणर् तयारी पुरा भएको महोत्सव आयोजक युथ्स अफ तुलसीपुरले जनाएको छ । महोत्सवको आज बिहान साढे ११ बजे उद्घाटन गरिने भएको छ ।

आधुनिक पुस्तकालय निर्माणको सहयोगार्थ आजदेखि शुरु भएको महोत्सव २६ गतेसम्म संचालन हुने युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।

तुलसीपुरको ओम शान्ति सिनेमा हलको पूर्वतर्फ महोत्सव संचालन हुन लागेको हो । महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने भएका हुन् ।

महोत्सव रोक्नुपर्ने माग राखेर तुलसीपुर उद्योग वाणिज्य संघले बिरोधका कार्यक्रमलाई जारी राखेको छ । संघले आज महोत्सव स्थलमै गएर विरोध गर्ने जनाएको छ । महोत्सवको विरोध गर्न साविक राप्ती अञ्चलका सबै उद्योग बाणिज्य संघहरु दाङ आउन लागेको संघका महासचिब विनिल केसीले बताउनुभयो ।

संघले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव अहिलेको आबश्यकता नभएको भन्दै यसको विरोध कडा रुपले गर्ने अध्यक्ष रामप्रसाद चालिसेले बताउनुभयो । संघले बजार बन्द गराएपनि अधिकांश पसल खुलेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार