२०८१ मङ्सिर २४ गते सोमवार

दाङमा २५ जना उमेदवारको मात्रै जोगियो जमानत



दाङ, १५ मंसिर ।
दाङमा २५ जना उमेदवारको मात्रै जमानत जोगिएको छ । तीन प्रतिनिधि र ६ प्रदेश निर्वाचन क्षेत्र रहेको दाङमा कुल सदर मतको १० प्रतिशत भन्दा बढी मत ल्याउने २५ जना उमेदवारको जमानत सुरक्षित भएको हो ।

प्रदेश निर्वाचन कार्यालय घोराहीका अनुसार प्रतिनिधि सभातर्फ १० र प्रदेश सभातर्फ १५ जना उमेदवारको जमानत जोगिएको हो । प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा ४ जना, क्षेत्र नम्बर २ र ३ मा ३/३ जना उमेदवारको मात्रै जमानत जोगिएको हो ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकिकृत समाजवादीका तर्फबाट गठबन्धनका साझा उमेदवार मेटमणी चौधरी,नेकपा एमालेका शान्ता चौधरी, राष्ट्रिय स्वतन्त्र पाटीका देवराज पाठक र नागरिक उन्मुक्ति पाटीका सुरेन्द्र चौधरीको जमानत सुरक्षित भएको हो ।

यस्तै क्षेत्र नम्बर २ मा निर्वाचित रेखा शर्मासहित ३ जनाको जमानत सुरक्षित भएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका साझा उमेदवार शर्मासहित नेकपा एमोलका महासचिव शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पाटीका बिशाल अधिकारीको जमानत जोगिएको हो ।

यस्तै क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका साझा उमेदवार दिपक गिरी, नेकपा एमालेका कोमल वली र राष्ट्रिय स्वतन्त्र पाटीका कमल सुवेदीको जमानत सुरक्षित भएको हो । क्षेत्र नम्बर ३ बाट गिरी निर्वाचित उमेदवार हुन् ।

यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को १ र २ मा ३/३, क्षेत्र नम्बर २ को १ मा ३ , प्रदेश सभा २ मा २ र क्षेत्र नम्बर ३ को १ र २ मा २/२ जना उमेदवारको मात्रै जमानत जोगिएको छ ।

क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका साझा उमेदवार इन्द्रजित चौधरी, नेकपा एमालेका गंगाराम भट्टराई, नागरिक उन्मुक्ति पाटीका रन्जित चौधरी, प्रदेश सभा २ मा नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उमेदवार अनुराग खड्का, नेकपा एमालेका कुलबहादुर केसी र नागरिक उन्मुक्ति पाटीका भक्तिराम चौधरीको जमानत जोगिएको छ ।

यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उमेदवार राजु खनाल, नेकपा एमालेका बलिभद्र राणा र राष्ट्रिय प्रजातन्त्र पाटीका गोपाल बहादुर बेल्बासे, प्रदेश सभा २ मा नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका साझा उमेदवार प्रचण्डबिक्रम न्यौपाने र नेकपा एमालेका गिरीराज केसीको जमानत जोगिएको छ ।

यस्तै क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका साझा उमेदवार डिल्ली बहादुर चौधरी र नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे, प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका साझा उमेदवार धनबहादुर मास्की र नेकपा एमालेका हुकुम बहादुर बस्नेतको जमानत सुरक्षित भएको छ ।

कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने ६४ जना उमेदवारको जमानत भने जफत भएको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी मध्ये ६४ जना उमेदवारको जमानत जफत भएको हो । जमानत जोगाउन नसक्नेमा ७ जना महिला र ५७ जना पुरुष उमेदवार रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ मा २० र क्षेत्र नम्बर ३ मा २७ जना उमेदवारको जमानत जफत भएको हो ।

यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ६ जना र प्रदेश सभा २ मा ३ जना उमेदवारको जमानत जफत भएको छ । यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा ५ र प्रदेश सभा २ मा ३ जना उमेदवारको जमानत जफत भएको छ । यस्तै क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा ७ र प्रदेश सभा २ मा ७ जना उमेदवारको जमानत जफत भएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार