२०८१ चैत्र १२ गते मङ्गलवार

दाङका एक व्यक्ति मलेसियामा ६ महिनादेखि बेपत्ता



दाङ, २२ मंसिर ।
बैदेशिक रोजगारका लागि मलेसिया पुगेका दाङका एक ब्यक्ति बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. ८ सौडिका मंगल चौधरी ६ महिनादेखि परिवारबाट सम्पर्कबिहिन हुनुभएको हो ।

२०७० सालमा बैदेशिक रोजगारका लागि मलेसिया पुगेका चौधरी लामो समयदेखि मलेसियाको जोरवारु स्थित हबसङ ट्रक नीजि रोजगार कम्पनीमा काम गर्दै आइरहे पनि गत असारदेखि पारिवारिक सम्पर्क नआएको उहाँका दाजु रमेश कुमार चौधरीले जानकारी दिनुभयो ।

लामो समयसम्म पनि भाई सम्पर्कमा नआएपछि खोजी कार्यका लागि मेनपावर कम्पनीदेखि सरोकावाला निकायसम्म पुग्दा पनि भाईको खोजीका लागि तत्परता नदेखाएको मंगलका दाजु रमेश कुमार चौधरीकोे गुनासो छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार