२०८१ माघ १२ गते शनिवार

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा पुस २२ गते सर्वोच्चमा सुनुवाइ



दाङ, १२ पुस ।
सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानीसम्बन्धी विवादमा यही पुस २२ गते सुनुवाइ गर्ने भएको छ । लामिछानेको नागरिकता र राहदानी विवादित रहेकाले उहालाई सांसदको शपथ लिनबाट रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गत बुधबार कारण देखाउ आदेश दिएको थियो । यसबारेमा पुस २२ गते अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सुनुवाइ हुने भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताउनुभएको छ ।

गृहमन्त्री लामिछानेमाथि अमेरिकी नागरिकता त्यागेको घोषणा गरेपछि पुनः नेपालको पुरानै नागरिकता प्रयोग गरेको आरोप छ । उनीमाथि अमेरिकी राहदानी हुँदाहुँदै नेपाली राहदानी पनि लिएको आरोप छ ।।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार