२०८२ असार ३ गते बुधवार

दाङका लालबहादुर सम्पर्कबिहिन, खोजिका लागि अपिल



दाङ, १६ पुस ।
भारतबाट फर्किदै गरेका दाङका लालबहादुर भण्डारी सम्पर्कबिहिन बनेका छन् ।

बबई गाउँपालिका वडा नम्बर ६ पंचकुले निवासी ५६ वर्षिय भण्डारी १० दिन अघिदेखि सम्पर्कबिहिन भएको उहाँका जवाई आत्मराम पाण्डेले जानकारी दिनुुभयो ।

तिहारपछि रोजगारीका लागि भारतको सिमला पुगेका भण्डारी नौ दिनअघि घर फर्कने क्रममा बिचबाटोबाटै सम्पर्कबिहिन भएपछि परिवारले खोजिका लागि सबैमा अनुरोध गरेको छ । उहाँलाई देख्ने जो कोहिले पनि ९८१६५७४१४७ , ९८०९५४२४८७ र ९८६९७३६९१६ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।

रोजगारीका लागि भारत पुगेका भण्डारी फर्कने क्रममा सम्पर्कबिहिन भएपछि १ छोरा र १ छोरी र श्रीमती घरमा बिचल्लीमा परेको आफन्त पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार