२०८० फाल्गुन १३ गते आइतवार

अर्घाखाँचीमा किसानलाई व्यावसायीक बाख्रापालन तालिम



तुलसीपुर, १८ पुस ।
अर्घाखाँचीमा कृषकलाई व्यावसायीक बाख्रापालन तालिम प्रदान गरिएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जलुके अर्घाखाँचीले संस्थामा आवद्ध सदस्यलाई दुई दिने व्यावसायीक बाख्रापालन तालिम प्रदान गरेको हो ।

संस्थाका कृषिप्रबिधिक सन्जित चौधरीले २३ जना किसानलाई व्यावसायीक तालिम प्रदान गर्नुभएको हो । शितगङगा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य जमानसरी सुनारको अध्यक्षता तथा पिपरी शाखाका प्रमुख प्रदिप कुमर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

शाखा प्रमुख केशबराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखाका कर्मचारी धर्मराज चौधरीले गर्नुभएको हो । किसानलाई व्यावसायिक बाख्रापालनमा सहजताका लागि प्रदान गरिएको तालिममा सहभागी कृषकलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार