तुलसीपुर, २३ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ बोकटीमा रहेको सुन्दर खानेपानी तथा उपभोक्ता समितीले दोस्रो साधारणसभा गरेको छ । वडाको बोकटी ,बम्नै, बेत्रावती,बुढागाँउ,बसन्तपुर, हात्तीधुम्का लगाएतका क्षेत्रमा नागरिकलाई खानेपानी वितरण गर्ने उद्देश्यले स्थापित संस्थाले शनिबार दोस्रो साधारण सभा गरेको हो ।
संस्थाका अध्यक्ष चेत वहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा साधारण सभाको उदघाटन कार्यक्रम भएको हो ।
त्यस अवसरमा वडा अध्यक्ष जिसीले पानी जिवनको नानी भएकाले हरेक नागरिकले स्वच्छ र सफा पानी पिउन पाउनुपर्ने बताउनुभयो । उहाँले खानेपानी संस्थामार्फत वडाका नागरिकले स्वच्छ पानी पाएकोमा वडाले गौरवान्वित गरेको बताउनुभयो ।
उपभोक्तालाई समयमै तथा स्वच्छ पानी प्रवाहका लागि निरन्तर ध्यान दिन पदाधिकारीलाई उहाँले आग्रह समेत गर्नुभएको छ । खानेपानी संस्थाका सल्लाहाकार प्रेम प्रसाद खनालले बिगतको अनुभव सुनाउदै दाङ्ग जिल्लामै पानी पर्याप्त रहेको स्थानका रुपमा हलवार परिचित रहेपनि यस क्षेत्रका नागरिकले खानेपानीको समस्या भोग्नुपरेको स्मरण्म गराउनुभयो ।
खानेपानी समस्या समाधानका लागी विभिन्न विकल्प खोज्दा समेत सफलता प्राप्त गर्न नसकेको स्मरण गर्दे जमीनमुनिको पानी तानेर ओभरहेड टंकी मार्फत खानेपानी वितरण गर्न सकिन्छ की भन्ने चौथो प्रयासका वावजुद सफल भएको उहाँको भनाई छ ।
विकासका नाममा खानेपानीका पाइपलाइन व्यवस्थापन नै नगरी विभिन्न कार्य सञ्चालन भैरहेकाले उपभोक्तालाई समस्या परेकोे भन्दै त्यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो । संस्थाका उपाध्यक्ष वुद्दिराम भुषालको स्वागत मन्तव्यवाट शुरुभएको कार्यक्रममा सल्लाहकार जगत थापा, जग्गादाता योज्ञश्वर रजौरे, नगर स्वास्थय चौकी प्रर्सेनीका प्रमुख वासुदेव चौधरी, गुरुजजुर माविका पुर्व प्रधानाध्यापक विष्णुप्रसाद आचार्य, धारापानी सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष दिपक केसी, उपभोक्ताहरु गणेश रजौरे, कौशिला विक, निमादेवि भण्डारी, सम्धी पुन लगाएतले पानी जिवनका लागी अत्यन्त महत्वपुणर् रहेकाले वितरण प्रणलीमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जग्गादाता योज्ञश्वर राजौरे सहित ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव चुमानसिङ केसी र आर्थिक प्रतिवेदन कार्यबहाक कोषध्यक्ष नारायण बहादुर जिसीले प्रस्तुत गर्नुभएको हो । कार्यक्रमको सहजीकरण संस्थाका सल्लाहाकार डम्वर थापाले गर्नुभएको हो ।
कुल ४ सय ५६ उपभोक्ता मध्य हालसम्म ३ सय ६६ उपभोत्ताले मात्र सेवा लिएका छन् भने वाँकी रहेका उपभोक्ताहरुलाई पनि सेवा प्रवाह गरिने संस्थाका अध्यक्ष चेत बहादुर जिसीले वताउनुभयो ।
संस्थाको बोकटीमा रहेको डेढ लाख लिटर क्षमताको ओभरहेड ट्याङ्कीवाट खानेपानी सेवा सञ्चालन अहिले भैरहेको छ । २ वटा डिपवोङ्गि रहेपनि अहिले एउटा मात्र सञ्चालनमा रहेको छ । दुवै सञ्चालनमा आएमा १ हजार घरधुरीलाई सहजै पानी वितरण गर्न सकिने अध्यक्ष जिसीले बताउनुभयो । पछिल्लो समय जनघनत्व बढीरहेकाले आगामी दिनमा सोहि पानीको श्रोतले मात्र थेग्न नसकिने भन्दै अन्य श्रोतको व्यवस्थापनमा पनि ध्यान दिइरहेको उहाँको भनाई छ ।