२०८० फाल्गुन १३ गते आइतवार

बाह्रकुने र रिहारमा भक्तजनको भिड



दाङ, १ माघ ।
माघे सक्रान्ति पर्वको अबसरमा दाङमा दुई स्थानमा आज भव्य मेला लागेको छ । घोराहीको बाह्रकुने र लमही-९ को बगारबाट रिहारमा माघे सक्रान्तिका अबसरमा भव्य मेला लागेको हो ।

गतवर्ष कोरोना महामारीका कारण प्रभावित मेला यसवर्ष आजका दिनमा बिहानैदेखि भिडभाड बढेको छ ।

बिहानै नागरिकहरु चिसोको कुनै प्रवाह नगरी बाह्रकुने दहमा पुगेका छन् भने उता देउखुरीको रिहारमा पनि बिहानैदेखि भिडभाड बढेको छ । रिहारमा स्थानीयसंगै भारतबाट सबैभन्दा बढी तिर्थालु आएका छन् ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार