दाङ, ५ माघ ।
दाङसहित तराईका जिल्लामा चिसो अत्याधिक बढेको छ । केहिदिनयता न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढेको हो ।
जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आज जिल्लाको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सीयस मापन गरिएको छ । हिजाको भन्दा आज न्युनतम तापक्रम बढी भएपनि चिसोको महशुस भने धेरै गरिएको छ ।
दाङमा हिजो न्युनतम तापक्रम ५ डिग्री सेल्सीयस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ डिग्री सेल्सीयस मापन गरिएको थियो ।
न्यूनतम तापक्रम घट्नुमा खास कारण नभए पनि पश्चिमी वायुको सामान्य प्रभावकै कारण तापक्रम घटेको मौसमविद्ले बताएका छन् ।
यसैबिच आज सुदूरपश्चिम र कणर्ाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले यी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
दिउँसो एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ । पानी पार्ने गरी पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले तत्काललाई जमिन भिज्नेगरी पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।
यस्तै, आज सुदूरपश्चिम, कणर्ाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । अन्य ठाउँको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ ।