२०८० फाल्गुन १३ गते आइतवार

तुलसीपुर नगर जेसिजमा नयाँ नेतृत्व



तुलसीपुर, ७ माघ ।
तुलसीपुर नगर जेसिजमा नयाँ नेतृत्व आएको छ । जेसिजको वर्ष २०२३ का लागि नयाँ नेतृत्व आएको हो । नगर जेसिजको वर्ष २०२३ का लागि अध्यक्षमा शालिकराम वली चयन हुनुभएको हो ।

जेसिजले प्रत्येक वर्ष नयाँ नेतृत्व चयन गर्ने विधि अनुसार वर्ष २०२३ का लागि वली नेतृत्वको नयाँ कार्यसमिति बनेको हो । कार्यकारी उपाध्यक्ष झक्कु प्रसाद सापकोटा, उपाध्यक्ष भिमसेन थापा, तुफान सापकोटा, सागर न्यौपाने , प्रवेश भुसाल, शैलेन्द्र कुमार केसी, सचिब टेकेन्द्र वली, महासचिव सन्दिप भुसाल चयन हुनुभएको हो ।

यसअघि नै चयन भएका नयाँ पदाधिकारीले शनिबार पदभार ग्रहण गरेका छन् । वर्ष २०२२ का अध्यक्ष केशबराज केसीले शनिबार नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार