२०८२ जेष्ठ १० गते शनिवार

प्युठान : महिलालाई बेहोस बनाई लुटपाट



प्युठान, १० माघ ।
प्युठानमा अपरिचित समुहले एक महिलालाई बेहोस बनाई घरमा रहेका गरगहना लुटपाट गरेको छ ।

अपरिचित समुहले झिमरुक गाउँपालिका वडा नम्बर ५ ढाडा बजार निवासी पदम बहादुर खड्काको बुहारी संगिता जिसीलाई बेहोस हुने औषधि सुँघाएर घरमा रहेको सुनचाँदी लुटपाट गरेको हो ।

बेहोस संगिताको प्युठान अस्पतालमा उपचार भैरहेको छ । चोरीको खोजि कार्य जारी रहेको प्यठान प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार