२०८० फाल्गुन १३ गते आइतवार

लागु औषधसहित दाङमा एकजना पक्राउ



दाङ, १५ माघ ।
दाङमा लागु औषधसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीले लागुऔषध ब्राउनसुगर र ट्रामाडोलसहित घोराही-१५ का २२ वर्षका राजु केसीलाई पक्राउ गरेको हो । राजुलाई शुक्रबार घरबाटै पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

उनको साथबाट ९३० मिलिग्राम ब्राउनसुगर र ७ पट्टा ट्रामाडोल बरामद गरिएको गौतमले बताउनुभयो । पक्राउ परेका माथि लागुऔषध कारोबारमा मुद्धा चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार