२०८१ असोज १९ गते शनिवार

घोराही-तुलसीपुर सडक : चार वर्षमा पनि ९० प्रतिशत काम अपुरो



दाङ, २३ माघ ।
घोराही-तुलसीपुर चारलेन सडकको काम चार वर्ष पुरा हुँदा पनि निर्माणको काम १० प्रतिशतमात्रै सकिएको छ । सडकको काम विसं २०७५ माघदेखि सुरु भएको हो। । ३० महिनामा काम सक्ने गरि सम्झौता भएको थियो तर, अहिलेसम्म पनि सडक स्तरोन्नतीको काम पूरा नहुँदा यात्रुहरुलाई मात्रै नभई वरपरका बासिन्दाहरुलाई पनि समस्या हुने गरेको छ ।

सडक निर्माणका लागि अहिलेसम्म ७ जना पेटी ठेकेदार फरिएका छन् भने चौथो पटक म्याद थप भइसकेको छ । विसं २०७८ जेठ ६ गते भित्र सडक निर्माणको काम सक्नु पर्ने भएपनि त्यसो हुन सकेन् ।

त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरि पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरि दोस्रो पटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ बैशाख २९ गते सक्ने गरि म्याद थप भएको थियो ।

अहिले खरिद ऐनको १२ औं संशोधनले चौथो पटकका लागि विस ं२०८० असारसम्म स्वतः म्याद थप गरेको छ । सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डे, त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाएका थिए । त्यसपछि पुनः अनुप पाण्डे आएपनि फेरि पनि गर्न नसकेपछि एकेन्द्र खड्का,विजय पाठक र रोशन श्रेष्ठले पनि पेटी ठेक्का पाएका थिए ।

उनीहरुबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजंग रायमाझीलाई जिम्मेवारी आएको छ । सडकको पटक पटक म्याद थप हुने तर, काम नसिकदा नागरिक स्तरबाट पनि विरोध हुने गरेको छ ।

केही दिन अघि मात्रै स्थानीय सरकार तुलसीपुर र घोराही उपमहानगरपालिकासहित सामाजिक अभियन्ताहरुको पहलमा चारलेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको छ ।

चारलेन सडक भ्याट सहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैँया अमेरिकी डलर ९ नेपालीमा १ अर्ब २३ करोडमा निर्माण हुन लागेको हो । भारतीय तथ्य इन्जिनियरिङले ठेक्का लिएको हो तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अबस्था हुँदा नागरिकले निकै सास्ती खेप्नु परेको छ ।

तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब ३ लाख २१ हजार ९ सय रुपँैया जरिवाना गर्ने गरेको छ ।
कूल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यबस्था अनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार