२०८१ साउन ५ गते आइतवार

यातायात मजदुरहरु आन्दोलित



तुलसीपुर २७,माघ ।

विभिन्न माग राख्दै यातायात मजदुरहरु आन्दोलित भएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सरकार संग यातायात मजदुरहरुको विभिन्न १० बुदे माग राख्दै देशब्यापि आन्दोलन थालेका छन ।

उनिहरुले गरेको आन्दोलनलाई यातायात ब्याबसायिहरुले पनि समर्थन जनाएका छन । उनिहरुले आगामी ३ फागुन सम्म माग पुरा नभए सार्वजनिक यातायात सेवा नै ठप्प पार्ने चेतावनी सहित अहिले देशब्यापि रूपमा सरकार माथि दबाब कार्यक्रम गर्ने तालिका अनुसार दाङमा आज ( शुक्रबार ) कोणसभा कार्यक्रम गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटी ,नेपाल यातायात मजदुर संघ दाङ र अखिल नेपाल यातायात मजदुर संघ दाङले तुलसीपुरको नयाँ बसपार्कमा संयुक्त रूपमा कोणसभा कार्यक्रमको आयोजना गरेका छन ।

कोणसभालाई सम्बोधन गर्दै संगठनका लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष केशव बहादुर भण्डारीले ट्राफिक प्रहरीले ऐन विपरीत यातायात मजदुरहरुलाई सास्ति दिने, यातायात क्षेत्र अस्तव्यस्त हुदा राज्यको ध्यान नपुगेको, देशभर सडकको दुर्दशा हुदाहुदै पनि सवारी दुर्घटना भए चालकलाई कार्बाहि गर्ने,चालकको लाइसेन्स गैरकानुनी रूपमा निलम्बन गर्ने,प्रदूषण जाँचको नाममा ५ हजारदेखि १ लाखसम्म जरिबानाको त्रास देखाउने ,योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागु गर्न तर्फ राज्य गम्भीर नहुनु लगाएतका समस्या समाधानको माग गर्दै आन्दोलन सुरु गरेको बताउनु भयो ।

ट्राफिक प्रहरीको सडक आतंक बन्द गर्दै, कानुनको पालना गर्न, निलम्बित लाइसेन्स फुकुवा गर्न र ट्राफिक प्रहरीको ज्यादतीको भण्डाफोर गर्न र जरिवानालाई कानुन सम्मत गर्दै ट्राफिक प्रहरीको अन्यायपूर्ण कार्य तत्काल बन्द गर्नुपर्ने आफुहरुको माग भएको उहाले बताउनु भयो ।

संगठनका जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकीको अध्यक्षतामा भएको कोणसभा कार्यक्रममा बोल्दै नेपाल यातायात मजदुर संघ जिल्ला दाङका अध्यक्ष पदम ओलिले आफुहरुले उठाएका माग जाएज भएको भन्दै राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

यातायात क्षेत्र दिनहुँ धरासय बन्ने अबस्थामा मजदुरहरुको रोजिरोटि खोसिने सम्भावना भएको प्रति चिन्ता व्यक्त गर्दै उहाले यस प्रति राज्य मुखदर्शक बनेको आरोप लगाउनु भयो । सो अबसरमा त्रिशिद्देश्वरि राप्ति यातायात प्रालिका सचीव प्रकाश भट्टले यातायात मजदुरको आन्दोलन प्रति एक्यवद्धता जनाउदै राज्यले मागहरु सम्बोधन गर्नुपर्ने माग गर्नु भयो ।

संघसंगठनहरुले घोराही ,लमहि र भालुबाङमा पनि कोणसभा कार्यक्रम गर्ने तयारी गरेका छन भने फागुन ३ गते सडक आन्दोलन गर्ने कार्यतालिका रहेको संगठनका केन्द्रिय सदस्य कालिप्रसाद योगिले जानकारी दिनुभयो । कोणसभा कार्यक्रमको सहजीकरण सचिब खिम बहादुर डागिले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार