२०८१ कार्तिक १७ गते शनिवार

दाङ : दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन सुरु



दाङ २८ माघ ।
नेपाल भारत सीमा क्षेत्रमा पर्ने दाङको दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन सुरु भएको हो । दाङमा पहिलो पटक स्वचालित क्यामरा जडान गरेर बाघको अध्ययन सुरु गरिएको छ ।

यसबाट बाघको अवस्था, उसलाई चाहिने आहारा, बासस्थान लगायत अन्य बन्यजन्तुको समेत अवस्था पत्ता लगाउन सजिलो हुने विश्वास गरिएको डिभिजन वन कार्यालय देउखुरीका कार्यक्रम सम्पर्क व्यक्ति चिरञ्जीवि खनाल जानकारी दिनुभयो ।

पश्चिममा बाँके राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको सहेलवा राष्ट्रियनिकुञ्जमा बाघको सहज आवत जावत बढ्न थालेको छ । जसको प्रभावले दाङको दक्षिण चुरे क्षेत्रमा बाघको बासस्थान हुन सक्ने आँकलन गरिएको छ ।

अध्ययनबाट पर्यापर्यटन अभिवृद्धिमा सहयोग पुग्ने वन्यजन्तु विज्ञ अनन्तराम चौधरीले बताउनु भयो ।अहिले थालिएको गणनाबाट बाघसँगै बाघले आहाराका रुपमा खाने जनावर र लोपउन्खुख जनावरको समेत आँकडा आउने छ ।

जसबाटआगामी दिनमा वन र वातावरणको क्षेत्रमा गर्नुपर्ने कामको लागि योजना बनाउन मद्धत मिल्ने डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ । करिब ४० दिनसम्म राखिने ति क्यामरामा कैद हुने भिडियो र फोटोको आधारमा पाटे बाघ र अन्य संरक्षित वन्यजन्तुको अवस्था पत्ता लाग्ने छ ।

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार