२०८१ कार्तिक १७ गते शनिवार

चिकित्सक कुटपिटको बिरोधमा आज अस्पताल बन्द



दाङ, २९ माघ ।
दाङसहित देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द भएका छन् । नेपाल चिकित्सक संघले डाक्टर कुटिएको विरोधमा आज देशभरका अस्पताल बन्द गरेको हो ।

संघले ट्रमा सेन्टरमा कार्यरत डा जनिथ सिंहमाथि आक्रमण गर्ने प्रहरीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी(पहिलो) संशोधन ऐन २०७९ अनुसार कारबाही गर्न २४ घण्टाको समय दिएको थियो ।

उक्त समयमा ऐन अनुसार कारबाही प्रक्रिया अगाडि नबढेको भन्दै संघले आज देशभरका अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो  ।

संघको शनिबार बसेका केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले सेवा ठप्प पार्ने निर्णय गरको अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा सिंह घाइते भएका हुनुभएको छ ।  शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा सिंहमाथि लाठी चार्ज गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार