२०८१ बैशाख ५ गते बुधवार

सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून



दाङ,३ फागुन।
नेपालामा आज पनि कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव देखिएको छैन । जसले गर्दा मौसममा सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून देखिएको छ ।

हाल प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली भए पनि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी भू(भाग सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोली(बिहीबार) सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने शुक्रबार देशका केही पहाडी भू-भागहरूमा आँशिक बदली रहने छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार