२०८१ फाल्गुन २ गते शुक्रवार

वित्तीय संस्थाको विरुद्धमा नेकपा दाङले भोली बिरोध प्रदर्शन गर्ने



नेकपाले दाङमा वित्तीय संस्थाको विरुद्धमा बिरोध प्रदर्शन गर्ने
तुलसीपुर ४ ,दाङ ।
बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टी पश्चिम र पुर्वी दाङले भोलि फागुन ५ प्रदर्शन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो तुलसीपुरको बिपि चोक र घोराहीमा प्रदर्शन गर्न लागेको नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मलले जानकारी दिनुभएको छ ।

वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर्नुपर्ने, राष्ट्रिय उद्योगी र व्यापारिलाई राहत उपलव्ध गराउनुपर्ने, मिटर व्याजीलाई कार्बाही गरर्नुपर्ने माग रहेका छन । यस्तै लघुवित्त संस्थाको ज्यादती अन्त्य गर्नुपर्ने, ऋणिहरुको अवस्था छानबिन गरीनुपर्ने ,पीडितको व्याज मिनाहा हुनुपर्ने ,एक अङ्कको ब्याजदर लागू गर्नुपर्ने, लगायतका मुद्धा सहित प्रदर्शन गर्न लागिएको नेकपाले जनाएको छ ।

नेकपा पश्चिम दाङले शुक्रवार गर्ने बिरोध प्रदर्शन कार्यक्रम अनुसार तुलसीपुर वजार परिक्रमा पश्चात बिहान ११ बजे बिपि चोकमा पुगेर सभामा परिणत हुने बताएको छ । सभालाइ नेकपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने वताइएको छ। यस्तै नेकपा पुर्वी दाङले दिउँसो ठिक १ बजे घोराहीमा हुने बिरोध प्रदर्शनमा सहभागिताका लागि बिज्ञप्ति जारी गरेर उधोगी , व्यवसायी , बुद्दिजिवी , नागरिक समाज ,लघुवित्त पिडितहरु , मिटरव्याजी पिडितहरु , सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

बैंकहरुको चर्को व्याज, सेवा शुल्क र लघुवित्त संस्थाहरुले गरेको शोषण , मिटर व्याज विरुद्धमा नेकपाले दाङ लगाएत देशभर प्रदर्शन गर्न लागेको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार