२०८० फाल्गुन १३ गते आइतवार

शिवरात्रिमा कस्तो रहनेछ आजको मौसम ?



काठमाडौँ ६ ,फागुन।
देशभर अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। आज शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

भोलि आइतबार प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार