२०८१ जेष्ठ ३१ गते बिहिवार

रगैंजामा एक युवक मृत अवस्थामा फेला



दाङ, १० फागुन ।
दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । शान्तिनगर १ आग्रानेटाका १७ बर्षीय प्रमोद डाँगी शान्तिनगर – ५ रगैंजामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

डाँगी रगैंजा नजिकै सानो तुलसीपुर जाने नालामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मान वहादुर विसीले जानकारी दिनुभयो ।

गएराती रगैंजामा फुपूको घरमा जन्मदिनको भोजमा सहभागि भइ राति १० बजे घर फर्केका डाँगी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना स्थलमा परिवार र आफन्ती आएपछि शव बारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार