काठमाडौं १४,फागुन, ।
बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पुर्ण विक्रम शाह (पल) लाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।
उक्त फैसलाविरुद्ध सरकारी वकिल र पुर्ण विक्रम शाह (पल) दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।
फैसला