
काठमाडौं १४,फागुन, ।
बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखरा वाट सफाई पाएका नायक पुर्ण विक्रम शाह (पल शाह) आज रिहा हुदै छन।
आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिने फैसला गरेको थियो । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकाले शाह आज सोमबार रिहा हुन लागेका हुन् ।
शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।
उक्त फैसलाविरुद्ध सरकारी वकिल र पुर्ण विक्रम शाह (पल शाह) दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार