२०८१ बैशाख ११ गते मङ्गलवार

मौसमी कामदारमा पठाउँछु भन्ने भ्रममा नपर्नुस :वैदेशिक रोजगार विभाग



दाङ, १६ फागुन ।
वैदेशिक रोजगार विभागले पछिल्लो समय मौसमी कामदार पठाउने भन्दै विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन भएकोमा आपत्ति जनाएको छ । श्रमिकहरुलाई खास गरी दक्षिण कोरिया पठाउने भन्दै सूचना प्रकाशन भएको र उजुरीहरु समेत प्राप्त हुने गरेको विभागले जनाएको छ ।

मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ को दफा ४ अनुसार मौसमी कामदारको रुपमा जाने कामदारले कुनै पनि शुल्क तिर्नु बुझाउनु नपर्ने व्यवस्थाको बिपरीत कतिपय व्यक्तिहरुले भ्रामक सूचना फैलाएर रकम उठाउने गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट यस विभागमा जानकारीमा आएको विभागले एक सूचना जारी गर्दै बताएको छ ।

उक्त निर्देशिका बमोजिम मौसमी कामदार माग गर्ने र पठाउने सम्बन्धमा प्रारम्भिक प्रक्रियाको लागि सम्बन्धित नियोग र यस विभागमा हालसम्म कुनै डकुमेन्ट पेश नभएको विभागले बताएको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार