२०८१ जेष्ठ ९ गते बुधवार

जनता समाजवादी पार्टीको जिल्लास्तरिय महिला संगठन बिस्तार



दाङ, १८ फागुन
जसपाले जिल्लास्तरिय महिला संगठन बिस्तार गरेको छ । संगठनको आज बसेको भेलाले धनकुमारी खड्काको अध्यक्षतामा ८ सदस्यीय संगठन बिस्तार गरेको हो ।

संगठनको उपाध्यक्षमा बिष्णु पुन, सचिवमा साबित्रा बिक, कोषाध्यक्षमा सीता पुन रहनुभएको छ । त्यस्तै सदस्यहरुमा सीता रसाईली, सबिना भुजेल, शिवा जसवाल, साबित्रा बिक रहनुभएको छ ।

त्यस्तै सल्लाहकारमा गिता बिष्ट महतारा रहनुभएको छ । भेलाले दाङ जिल्लामा संगठनलाई शसक्त बनाउदै लैजाने भएको हो । कार्यक्रमको सहजिकरण सल्लाहकार बिष्टले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार