
छोरी तिमी यतिधेरै आज्ञाकारी छेऊ कि
तिम्रो बाबाको एक आदेशमा
तिमी लाई जन्मदिने बाबा आमा
तिमी हुर्केको खेलेको पाखा पखेरी
तिम्रो आफन्त र साथीसंगी
सबैलाई चट्क्कै छोडेर
पराईको घरमा दासिहुन तयार हुन्छेउ
त्यसैले यो नारी दिवसको दिन
शुभकामना मात्र होइन
तिमीलाई सलाम गर्न चाहन्छु
तिमीलाई सोलुट गर्न चाहन्छु।
चेली तिम्रो मन यती कोमल छ की
तिम्रो माइतीलाई सानो कष्ट हुँदा
सबैभन्दा पहिला तिम्रो मन दुख्छ
तिमीलाई खाली हात बिदाई गरेको त्यो घरमा
कुनै अप्ठ्येरो नपरोस भनेर
सबैभन्दा धेरै कामना तिमी नै गर्छेउ
त्यसैले यो नारी दिवसको दिन
शुभकामना मात्र होइन
तिमीलाई सलाम गर्न चाहन्छु
तिमीलाई सोलुट गर्न चाहन्छु।
बुहारी तिमीमा यती धेरै सहनशिलता छ की
घरको कामको बोझ जती तिमीले नै बोक्नु पर्छ
बिग्रिएरको कामको अपजस तिमीले नै लिनु पर्छ
सबै किसिमका गाली र लाल्छनाको शव्द पनी
तिमीले नै सुन्नु पर्छ
तर तिमी भने आफ्नो हाडमासु खियाएर
घर परिवार को इज्जत र खुसी को लागी
निरन्तर रगत पसिना बगाई रहन्छेउ
त्यसैले यो नारी दिवसको दिन
सुभकामना मात्र होइन
तिमीलाई सलाम गर्न चाहन्छु
तिमीलाई सोलुट गर्न चाहन्छु।
आमा तिम्रो हृदय यति बिसाल छ की
तिमी ले कोरलेका बचेराहरु
डाँडा पाखा देश प्रदेश मा छन
तिम्रा पखेटाहरु बुढो र कमजोर भैसक्दा पनी
आफ्नो सन्तानको रक्षा को निम्ति
तिम्रा पखेटाहरु प्रदेश सम्मै फिजाउछेउ
त्यसैले यो नारी दिवसको दिन
सुभकामना मात्र होइन
तिमीलाई सलाम गर्न चाहन्छु
तिमीलाई सोलुट गर्न चाहन्छु।
आमा, छोरि,बुहारी, दिदि बहिनीहरु
तिमीहरु प्रती म धेरै आभारी छु
तिमी हरु प्रती यति धेरै ऋृणी छु की
तिम्रो ऋृण तिर्न सक्ने सामर्थ्य नहोला
तर तिमी संगै तिम्रो अधिकारको निम्ती
तिम्रो रक्षाको लागि
संगै रहने मन छ
संगै लडिरहने ईक्षा छ।
आफ्नो अधिकारको लागि
नारि पुरुष संगै लडौं
एकजुट भयर लडौं
नारी दिवसको शुभकामना ।
अर्थात
११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना।
९११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस को अबसरमा सम्पुर्ण महिला दिदी बहिनीहरु प्रति समर्पित
लेखक 🖋 जनक सी नेपाल कम्युनिष्ट पार्टी
पुर्बी दाङका जिल्लाका सेक्रेटरी हुन् ।