२०८२ जेष्ठ ४ गते आइतवार

वर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिदै

नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण फागुन २९ गते


काठमाडौं २८,फागुन।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिदै छ ।नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसक्नुभएको छ। त्यसैले भण्डारीले शितलनिवास छाड्नुपर्ने भएको हो ।

उहाँ शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने सचिवालयले जनाएको छ । उहाँ २९ गते निजी निवासमा सर्ने तयारीमा रहनुभएको छ ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित हुनुभएको हो ।

नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सोमबार (फागुन २९)गते हुँदैछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार