२०८० फाल्गुन १३ गते आइतवार

उपराष्ट्रपतिमा चार जनाकै उम्मेदवारी कायम



दाङ, २८ फागुन ।
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले आज अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको हो । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम छ ।

उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झाले उम्मेदवारी दिनुभएको छ । जसपा र जनमत पार्टी सत्ता समर्थित ९ दलीय गठबन्धनमा आबद्ध छन् ।।

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार