२०८२ बैशाख ८ गते सोमवार

काठमाडौंका सवै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श



काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा आज बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ ।

नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन् ।

सेवामा जानुअघि हिजो बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको थियो ।
त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन् । तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने महानगरले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार