२०८१ चैत्र १२ गते मङ्गलवार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित



काठमाण्डौ,३ चैत ।
जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । आज शुक्रवार भएको उपराष्ट्रपतिको चुनावमा यादव यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

यादवले नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्नुभएको हो ।यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार