२०८१ भाद्र २२ गते आइतवार

सामान बिग्रिए चिन्ता छैन घरमै मर्मत गर्न आइपुग्छ“पिलास ”



 

दाङ, ८ चैत ।
दाङका युवाले पिलास एप सञ्चालनमा ल्याएका छन् । बिभिन्न किसिमका बिग्रिएका सामानहरु मर्मत गरी सेवा प्रदान गर्न मोबाईल एप सञ्चालनमा ल्याईएको हो ।

पिलास एपमा बिग्रिएका कुनैपनि उपकरणहरु जस्तै कम्प्युटर, प्रिन्टर, मोबाईल, मर्मत गर्नुका साथै मोटरसाईकल मर्मत, प्लम्बिङलगाएत सम्पुर्ण सेवा उपलब्ध गराईने पिलास कम्पनिका मार्केटिङ म्यानेजर दिपक घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार पिलास एप स्मार्ट फोनको प्लेस्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिने भएको छ ।

त्यस्तै www.pilaas.com मार्फत पनि सेवा लिन सकिने भएको हो । कसैलाई कुनैपनि प्राबिधिक लगाएतका समस्या भएमा घर तथा कार्यालयबाटै एपमार्फत मर्मत गर्ने प्राबिधिक बुक गर्न सकिने उहाँले बताउनुभयो ।

एपमार्फत तोकिएको समयभित्र प्राबिधिक सम्बन्धित स्थानमा पुगेर समस्याको समाधान गर्ने उहाँले बताउनुभयो ।

कम्प्युटर, धारा, मोटरसाईकल, ईलेक्ट्रिक फिल्टर, सोलार प्यानल, एसी, वासिङ मेसिनलगाएतका सामाग्री बिग्रिएमा मर्मतका लागि एप मार्फत प्राबिधिक बोलाउन सकिने छ । यस्तै ट्वाईलेट बाथरुम जाम भएमा पनि यसै एप मार्फत सेवा लिन सकिने भएको हो ।

हाल दाङसहित देशभर यो सुबिधाको सुरुवात गरिसकेको समेत उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार