२०८१ जेष्ठ १६ गते बुधवार

महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने बेलुवाका एक पुरुष पक्राउ



दाङ, १० चैत ।

रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

३५ वर्षीय केसी तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका हुन् । एक लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएका प्रहरी निरीक्षकको टोलीले केसीलाई पक्राउ गरेको छ ।

घटनास्थलदेखि उत्तरतर्फ रहेको गहुँ बारीमा लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाको अवस्था सामान्य रहेको छ । घटनाको कारण नखुलेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार