२०८२ बैशाख ८ गते सोमवार

देशभरको मौसम बदली



दाङ,१७ चैत।
पश्चिमी वायुसँगै स्थानीय वायु सक्रिय भएकाले देशभरको मौसम बदली भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।

दिउँसो अन्य प्रदेशमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । दिउँसोतिर काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ । उहाँका अनुसार आज र भोलिको मौसम यस्तै रहने अनुमान छ भने पर्सिदेखि मौसम खुल्दै जाने सम्भावना छ ।

यस्तै, आज राति तराई मधेसका केही क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । हावाहुरीको गति तीव्र हुने भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार