२०८० फाल्गुन १७ गते बिहिवार

दाङबाट निर्वाचित सांसदलाई दाङ प्रवेशमा निषेध



दाङ, ५ बैशाख ।

घोराही-तुलसीपुर फोरलेन सडक संघर्ष अभियानले सांसदलाई दाङ प्रवेश निषेध गरेको छ । अभियानले दाङबाट निर्वाचित सांसदलाई जिल्ला प्रवेशमा निषेध गरेको हो ।

अलपत्र घोराही-तुलसीपुर सडकका कारण धेरैले मृत्युवरण गर्नुपरेको भन्दै अभियानले दाङबाट निर्वाचित सांसदलाई जिल्ला प्रवेशमा रोक लगाएको सुचनासहितको व्यानर घोराहीको गणतन्त्र चोकमा व्यानर टाँस गरेको छ ।

सडक निर्माणले गति नलिदासम्म सांसदलाई जिल्ला प्रवेशमा रोक लगाइने अभियानले जनाएको छ । सडकलाई मुद्धा बनाएर चुनाव जितेपनि सांसदले विश्वासघात गरेको र निर्माणले गति नलिदासम्म जिल्ला प्रवेशमा रोक लगाएको संघर्ष अभियानले सुचना उल्लेख गरेको छ ।

संचारमन्त्री रेखा शर्मा, सांसद दिपक गिरी, मेटमणी चौधरी, डिल्ली चौधरी, राजु खनाल, धनबहादुर मास्की, प्रचण्ड विक्रम न्यौपाने, अनुराग खड्का, इन्द्रजित थारुलाई जिल्ला प्रवेशमा रोक लगाइएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार