२०८१ असार ४ गते मङ्गलवार

मटेराको वस्ती जोगियो, आगो दुई घण्टापछि नियन्त्रणमा



तुलसीपुर, ७ बैशाख ।

तुलसीपुर- ७ मा रहेको धारापानी सामुदायिक बनमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको छ । बिहिबार दिउँसो साढे ३ बजेतिर लागेको आगो दुई घण्टापछि साढे पाँच बजेतिर नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणमा आएपछि मटेरका वस्ती आगलागीको संभावित जोखिमबाट सुरक्षित भएको छ ।नेपाली सेना, जनप्रतिनिधि, बन समुहका पदाधिकारी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको तुलसीपुर-७ का अध्यक्ष राम बहादुर जिसीले जानकारी दिनुभयो । बनमा सल्कीएको आगो नजिककैको वस्तिमा फैलन नपाएको उहाँले बताउनुभयो ।

तुलसीपुरको १९ नम्बर बाहिनीका क्याप्टेन दिपक भट्टको कमाण्डमा २५ जनाको नेपाली सेनाको टोली, वडा अध्यक्ष रामबहादुर जिसी लगायत स्थानीयको सहभागीतामा आगो नियन्त्रणमा आएको बन समुहका अध्यक्ष दिपक केसीले जानकारी दिनुभयो । धारापानी सामुदायिक बनमा दुई दिन अघि पनि आगलागी भएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार