२०८१ मङ्सिर २३ गते आइतवार

विदेशबाट आउँदा दुई वटा मोबाइल ल्याउन पाइने



दाङ, २६ बैशाख ।
सरकारले विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसअघिको व्यवस्था अनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो । सो व्यवस्थाका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कयौं मोबाइल खोसिने गरेको गुनासो आएको थियो । मन्त्रिपरिषद्को यो निर्णय लागू भएपछि अब आफूले चलाइरहेको मोबाइल र अर्को थप एक मोबाइल ल्याउन पाइने भएको छ ।।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार