२०८१ असोज १८ गते शुक्रवार

आजदेखि यसकारण पश्चिम दाङ र सल्यानमा विद्युत नआउने



दाङ, १४ असोज ।
तुलसीपुरसहित पश्चिम दाङमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत फिडर वरीपरिका रुखका हाँगा काट्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार सोमबार(आज)देखि असोज २० गतेसम्म विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । विद्युत सेवा अवरुद्ध हुने ठाउँ र समय प्राधिकरणले सार्वजनिक गरिसकेको छ ।

प्राधिकरणका अनुसार आज तुलसीपुर सबस्टेशनको फूलबारी अन्तर्गत पूmलबारी, रनियापुर, रजेनी, शितलपुर, माथिल्लो मलई लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । यसैगरी हापुरे सबस्टेशनको बाघमारे फिडर अन्तर्गत बाघमारे, वस्तीखोला, पेदीखोला, हारीचौर र बाघखोला लगायतका क्षेत्रमा पनि आज विद्युत आपुर्ति नहुने भएको हो ।

यस्तै भोलि तुलसीपुर सबस्टेशनको कृष्णमन्दीर फिडर अन्तर्गत ‘ख’ लाइन, तुलसी बोर्डिङ, गणेशपुर, आँखा अस्पताल, रक्षाचौर लगायतका क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने भएको छ । यस्तै हापुरे सबस्टेशनको पञ्चकुले फिडर अन्तर्गत पञ्चकुले, रगैचा, चिसापानी, ढोलपुर, तल्लो मलई लगायतका क्षेत्रमा विद्युत आपुर्ति नहुने भएको हो ।

प्राधिकरणका अनुसार पर्सि बुधबार (असोज १७ गते) हापुरे सबस्टेशनको तुलसीपुर वितरण केन्द्रका सम्पूणर् क्षेत्रमा विद्यतु सेवा बन्द हुने भएको छ । यसैगरी बिहिबार १८ गते तुलसीपुर सबस्टेशनको बालापुर फिडर अन्तर्गतका बालापुर, सैबाङ, सलौरा लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने तुलसीपुर वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बताउनुभयो ।

यस्तै शुक्रबार १९ गते तुलसीपुर सबस्टेशनको एयरपोर्ट र सल्यानको कपुरकोट फिडर अन्तर्गतका ‘क’ लाइन, ‘ग’ लाइन, हात्तिखौवा, खर्चवा, एयरपोर्ट, गु्रमाहचोक, खमारी र कपुरकोट लगायतका सम्पूणर् क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

यस्तै हापुरे सबस्टेशनको बाघमारे फिडर अन्तर्गतका पुरन्धारा, कालिमाटी, बगाले,ट्वाङखोला, बबरपुर लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ ।

यस्तै असोज २० गते शनिबार अस्वारा सबस्टेशनको बाघमारे फिडर अन्तर्गतका बाघमारे, वस्तीखोला, पेदीखोला, हारीचौर र बाघखोर लगायतका क्षेत्रमा विद्युत आपुर्ती बन्द हुने भएको छ ।

सोहि दिन नै अस्वारा सबस्टेशनको सुकौरा फिडर अन्तर्गतका कृष्णमन्दिर, बेलुवा, दुधेना, दोघरे लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबै ठाउँमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमवार