२०८१ साउन ५ गते आइतवार

तुलसीपुरमा पानीमा डुबेर एक बालकको मृत्यु



दाङ, ४ जेठ ।
तुलसीपुरमा नुहाउने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–६ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका– १७ बगौसी बस्दै १० बर्षिय बसन्त बोहराको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनु भएको छ ।

हिजो साझ साढे ६ बजेको समयमा हापुर खोलामा नुहाउन गएको अवस्थामा उक्त खोलामा बृहत सिंचाई योजनाको लागि डोजरले खनेको करिब ६ फिट गहिरो खाडलमा डुबेर बालक गम्भिर घाइते हुनु भएको थियो ।

गम्भिर घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा हिजो साझ ७ बजे मृत्यु भएको प्रहरी प्रवक्ता केसीले बताउनुभयो । मृतक बसन्तसंगै नुहाउन गएका अन्य तिन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार