२०८१ चैत्र ३ गते आइतवार

सुतिरहेको अवस्थामा एक जनाको मृत्यु



दाङ, १७ जेठ ।
दाङको गढवामा सुतिरहेको अवस्थामा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजेतिर सुतिरहेको अवस्था गढवा गाउँपालिका-६ का ४६ वर्षिय राजकरण गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खाना खाएर सुतिरहेका कुमाललाई उहाँकी श्रीमतीले उठाउने क्रममा नउठेपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । गुप्ताको के कारणले मृत्यु भएको हो भन्ने विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार